द कन्डम च्यालेन्जः सामाजिक सञ्जालमा डरलाग्दो ट्रेन्ड, नाकबाट कण्डम राखेर मुखबाट निकाल्नुहोस्

सामाजिक सञ्जालमा बेलाबखत उदेकलाग्दा लहर चल्छन् । पछिल्लो समयको सुरु भएको एउटा लहर त स्वास्थ्यको दृष्टिले पनि निकै जोखिमपूर्ण मानिएको छ । ‘द कन्डम च्यालेन्ज’ नाममा यो ट्रेन्ड सुरु भएको हो । यसमा युवाहरुले आफ्नो नाकबाट कन्डोम भित्र छिराएर मुखबाट निकाल्ने गर्छन् र यसको भिडियो सामाजिक सञ्जालमा अपलोड गर्छन् । जबकि यसो गर्नु कष्टप्रद हुनाको साथै गम्भीर संक्रमणको पनि खतरा हुने विज्ञहरुले औंल्याएका छन् । … Continue reading द कन्डम च्यालेन्जः सामाजिक सञ्जालमा डरलाग्दो ट्रेन्ड, नाकबाट कण्डम राखेर मुखबाट निकाल्नुहोस्

फलेवासमा गुनासाका चाङ, मेयर शर्माका आफ्नै पीडा (भिडियोसहित)

नगरको विकासमा नगरबासीलाई प्रत्यक्षरुपमा संलग्न बनाउन फलेवास नगरपालिकाले जनतासँग विकास संबाद गरेको छ । नगरपालिकाबाट हुने विकासे योजनामा नगरबासीको प्रत्यक्ष संलग्न बनाउनको लागि विकास संवादको आयोजना गरिएको हो । नगरका ११ वडामा विकास संवाद कार्यक्रम संचालन गरी नगरपालिकाले नागरिकलाई प्रत्यक्ष रुपमा नगरको विकासमा जुट्न आग्रह गरेको छ । नगरबासीले भने शिक्षा, स्वास्थ्य, खानेपानी, यातयात लगायतका विकासका पूर्वधारमा जोड दिएका छ । नगरभित्र ५ किलोमिटर सडक … Continue reading फलेवासमा गुनासाका चाङ, मेयर शर्माका आफ्नै पीडा (भिडियोसहित)

उच्च रक्तचापको असरः शरीरको कुन-कुन अंगमा क्षति पुग्छ ?

अहिले कोही खानामा नुन र चिल्लोचाप्लो कम गरिरहेका छन् । कोही नियमित रक्तचाप जाँच गराइरहेका छन् । कोही नियमित व्यायाम गर्न थालेका छन् । कोही तनाव नियन्त्रणको वाहाना खोजिरहेका छन् । कोही सन्तुलित जीवनशैलीमा अभ्यस्त हुँदैछन् । किन ? किनभने उनीहरुको शरीरले ‘हाइ अलर्ट’ जारी गरिसकेको छ । उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम जस्ता समस्याले ग्रसित बनाउँदैछ । त्यसमध्ये यहाँ उच्च रक्तचापको चर्चा गरिएको छ … Continue reading उच्च रक्तचापको असरः शरीरको कुन-कुन अंगमा क्षति पुग्छ ?

बाँदर कसरी धपाउने भन्ने मिटिङमा बाँदर नै उपस्थित भएपछि…

दिक्तेल । बाँदरले दिने हैरानी हाम्रा लागि नौलो होइन । हामीकहाँ बाँदरले प्रायः सर्वसाधारण मानिसलाई दु:ख दिइरहेको छ । नेपालका किसानहरू बाँदर आतंकबाट बाली जोगाउन दिनभर खेत कुरेर बस्छन्। मकै बाली जोगाउन भने झनै समस्या पर्छ। गाउँमा मकै पाक्ने समयमा लिएर बाँदर लखेट्न बाध्य हुन्छन् । बाँदरले बस्तीमा पसेर अन्नबाली खान थालेपछि कतिपय स्थानीय विस्थापितसमेत भएका छन् । बाँदरले धेरै नै दु:ख दिने गरेको पाइन्छ । स्कुलमा … Continue reading बाँदर कसरी धपाउने भन्ने मिटिङमा बाँदर नै उपस्थित भएपछि…

आन्टी सिन्ड्रोमः तपाई पनि शिकार हुनुहोला है ?

एक रमाइलो प्रसंग छ । प्रसंग बलिउडकी चर्चित कोरियोग्राफर (निर्देशक पनि) फराह खानको हो । एक रियलिटी शोको क्रममा उनलाई एक बच्चाले ‘आन्टी’ भनेर सम्बोधन गरे । फराहले मुख थुन्न सकिनन् । उनले तुरुन्तै ‘आन्टी’ शब्दप्रति आपत्ति जनाइन् । उनले भनिन्, ‘डोन्ट कल मि आन्टी । हो, म तीन बच्चाकी आमा हुँ, तर मेरो उमेर त्यती धेरै भएको छैन कि तिमीले मलाई आन्टी देख्छौ । … Continue reading आन्टी सिन्ड्रोमः तपाई पनि शिकार हुनुहोला है ?

केही स्वस्थ खानेकुरा जसले मस्तिष्कलाई मद्दत गर्छन्

‘स्वस्थ दिमागका लागि खाना’ संसारमै बहसको विषय हो र हुनुपर्छ । एक अध्ययनअनुसार दिमागलाई स्वस्थ राख्ने केही खानेकुराको सेवन गर्न आवश्यक देखिएको छ । तिनको सेवनले अल्जाइमर रोगबाट बचाउनुका साथै दिमाग तीक्ष्ण बनाउनसमेत मद्दत गर्छ । तर, कतिपय अवस्थामा उच्च गुणस्तरीय खानासमेत हानिकारक हुन सक्छ । निःसन्देह हामी हरेक दिन फरक र स्पाइसी खानेकुरा खान रुचाउछौँ । यद्यपि, यस्ता खानेकुराले हाम्रो शारीरिक तथा मानसिक स्वास्थ्यमा … Continue reading केही स्वस्थ खानेकुरा जसले मस्तिष्कलाई मद्दत गर्छन्

समुद्रमुन्तिर बुलेट ट्रेन गुडाउँदै चीन

चीनले २५० किलोमिटर प्रति घण्टाको गतिमा गुड्ने रेल गाडी निर्माण गरेको छ । यस रेल गाडीले पूर्वी प्रान्त झेजियाङका दुई शहरहरू निगम्बो र झोउसानबीचको दूरीलाई डेढ घण्टाबाट घटाएर आधा घण्टामा सीमित पारिदिनेछ । यसका लागि चीनले समुद्रमुनिबाट रेलवे लाइनको बिस्तार गर्दैछ । चिनियाँ समाचार एजेन्सी सिन्हुआले जनाए अनुसार चीन यसका लागि समुद्र मुन्तिर रेल सुरुङ बनाउन गैराखेको छ । सिन्हुवाका अनुसार ७०.२ किलोमिटरको रेल लाइनमा … Continue reading समुद्रमुन्तिर बुलेट ट्रेन गुडाउँदै चीन

सावधान ! के तपाई धेरै टिभी हेर्नुहुन्छ ? धेरै टिभी हेर्दा मृत्युको खतरा

तपाईंमा धेरै टेलिभिजन (टिभी) हेर्ने सोख त छैन ? यदि त्यस्तो छ भने अब सावधान हुनुहोस् । हालै भएको एउटा अनुसन्धानअनुसार चार घन्टाभन्दा बढी समय टिभी हेर्नु स्वास्थ्यका लागि घातक हुने देखिएको छ । बेलायतको ग्यास्गो विश्वविद्यालयले तीन लाखभन्दा बढी मानिसमा गरेको अध्ययनअनुसार यस्तो नतिजा आएको हो । अनुसन्धानकर्ताहरूले टिभी हेर्ने आदत भएका मानिसको दुई समूह बनाएका थिए ।  पहिलो समूहमा चार घन्टाभन्दा बढी हेर्ने थिए भने दोस्रोमा त्योभन्दा … Continue reading सावधान ! के तपाई धेरै टिभी हेर्नुहुन्छ ? धेरै टिभी हेर्दा मृत्युको खतरा

जीवनमा खुसी र सुखी हुने हो ? त्यसो हो भने आजैबाट यी ७ कुरामा ध्यान दिनुहोस्

काठमाडौं । यो संसारमा आफू खुसी र सुखी हुने मन कसलाई हुदैन र ? तर पनि जानेर र नजानेर हामी आफैले यस्ता काम गरिरहेका हुन्छौ कि जसले हामी आफैलाई चिन्तित बनाउँछ । सोही कारण हामी सुखी रहन सक्दैनौं । सँधै सुखी र खुसी रहनका हामीले केही टिप्सहरु तपाईमाझ प्रस्तुत गरेका छौं, जसको कारण तपाई पनि सुखी रहनका लागि सहयोग पुग्नसक्छ । हामीले आफ्नो आवश्यकतालाई विर्सनुहुन्नः हामीले … Continue reading जीवनमा खुसी र सुखी हुने हो ? त्यसो हो भने आजैबाट यी ७ कुरामा ध्यान दिनुहोस्

नासाको अन्तरिक्ष यान मंगल ग्रहमा, वैज्ञानिकले पत्ता लगाउनेछन् यस्ता तथ्य (१० रोचक तथ्यसहित)

काठमाडाैं । मंगल ग्रहको विस्तृत अध्ययनका लागि नासले पठाएकाे अन्तरिक्ष यान ‘इनसाइट ल्याण्डर’ मंगल ग्रहमा सफल अवतरण गरेकाे छ । नेपाली समयअनुसार साेमबार मध्यराति ‘इनसाइट ल्याण्डर’ मंगलमा अवतरण गरेकाे हाे । मंगलबारे अध्ययन गर्न नासाले करिब ७ महिना अघि मे ५ तारिखमा याे अन्तरिक्ष यान प्रक्षेपण गरेकाे थियाे । ४५ दशमलब ८ करोड किलोमिटर दूरी पारगर्दै ‘इनसाइट ल्याण्डर’ मंगल ग्रहको जमीन ‘एलिसियम प्लानिसिया’मा सोमबार अवतरण गरेको … Continue reading नासाको अन्तरिक्ष यान मंगल ग्रहमा, वैज्ञानिकले पत्ता लगाउनेछन् यस्ता तथ्य (१० रोचक तथ्यसहित)

प्रकाउ परेका पत्रकार चन्दबारे प्रकाण्डले भने, १७ हजार शहिदको अपमान गर्नेलाई प्रश्न गर्न पाइदैन ?

मंसिर १२, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले क्रान्तिकारी पत्रकारहरुलाई जनपक्षीय कलमको माध्यमबाट जनताको सेवा गर्न आह्वान गरेेेका छन । नेपाल नेपाल कम्युनिष्ट पार्टी निकट क्रान्तिकारी पत्रकार संगठन, नेपाल केन्द्रीय समितिद्वारा काठमाडौंमा आयोजना गरिएको ३ दिने पत्रकारिता तालिमको अाज समापन कार्यक्रममा बोल्दै उनले देश र जनपक्षीय मुद्दा उठाउनका लागि क्रान्तिकारी पत्रकारहरुले बोकेको कलम बन्दुक भन्दा बलियो बनाउन आग्रह गर्नुभयो । कतिपय मिडियाले … Continue reading प्रकाउ परेका पत्रकार चन्दबारे प्रकाण्डले भने, १७ हजार शहिदको अपमान गर्नेलाई प्रश्न गर्न पाइदैन ?

क्रिश्चियन धर्म प्रचारकको कार्यक्रममा हिन्दुवादी नेता !

काठमाडौ– हिन्दु धर्मको कट्टर समर्थन गर्ने पार्टीको रुपमा चिनिएको भारतीय जनता पार्टीका नेता विजय जोली यतिखेर नेपालमा हुन गइरहेको एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुन काठमाडौँ आएका छन् । क्रिश्चियन धर्मको प्रचारक संस्था युनिभर्सल पिस फेडरेशन (यूपीएफ) को मुख्य आयोजनामा मंसिर १४ देखि १७ गतेसम्म हुन गइरहेको ‘एसिया प्यासेफिक समिट–२०१८’ को तयारीमा जोली लागेका छन् । सम्मेलनबारे जानकारी दिन काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा समेत जोलीको उपस्थिति रहेको … Continue reading क्रिश्चियन धर्म प्रचारकको कार्यक्रममा हिन्दुवादी नेता !

म पनि अविवाहित, उनी पनि अविवाहित- मुख्यमन्त्री शेरधनले सांकेतिक म्यासेज गर्थे (भिडियोसहित)

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईमाथि खुलेाम याैन हिंसाको आरोप लागेको छ ।  आफ्नै पार्टीकी नेतृले राईमाथि आफ्नो संवेदनशिल अंगमा छोएको भन्दै याैन हिंसाको आरोप लगाएकी छन् । अविवाहित राईले केहि समयमै लगन गाठो गास्ने भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए । युवा संघको केन्द्रिय सदस्य समेत रहिसकेकी बालिका खड्काले मुख्यमन्त्री राईले याैन दुर्व्यहार गरेको आरोप लगाएकी हुन् । … Continue reading म पनि अविवाहित, उनी पनि अविवाहित- मुख्यमन्त्री शेरधनले सांकेतिक म्यासेज गर्थे (भिडियोसहित)

सपना चौधरीको गीतमा नाच्दा नाच्दै १२ वर्षीया युवतीको मृत्यु !

एजेन्सी, १२ मंसिर । मुम्बईको कांदीवलीमा आयोजित एक डान्स कम्पिटिशनमा स्टेजमा नाच्दा नाच्दै १२ वर्षीया एक युवतीको मृत्यु भएको छ । ती युवतीले सपना चौधरीको गीतमा पर्फमेन्स दिइरहेकी थिइन् । तर उनी नाच्दा नाच्दै हर्टअट्याक भयो । गत नोभेम्बर २३ तारिखका दिन देखि कान्दीवली पश्चिमको लालजी पाडामा ‘सीएम चषक’ कार्यक्रम भइरहेको छ, जहाँ डान्स कार्यक्रम राखिएको थियो । यसै अवसरमा १२ वर्षीया अनिशा शर्माले स्टेजमा डान्स … Continue reading सपना चौधरीको गीतमा नाच्दा नाच्दै १२ वर्षीया युवतीको मृत्यु !

शक्तिशाली गृहमन्त्री बादलका पुत्र प्रतीक नै ‘बिचौलिया’ धन्दामा

काठमाडौं– एक दशक लामो गृहयुद्धको पीडा, ७ दशमलव ८ रेक्टर स्केलको महाभूकम्पको झड्का अनि भारतले लगाएको महिनौँ लामो नाकाबन्दीको कहरबाट उठेर बामे सर्दै गरेको हाम्रो मुलुकमा अहिले बिचौलियाहरूको बिगबिगी नै छ । देशको राजधानी काठमाडौंका गल्लीहरूमा चियाको चुस्कीसँग रमाउनेहरूदेखि तारे होटलको ह्विस्कीमा रम्नेसम्मले भन्छन्, ‘मुलुक भ्रष्टाचारी र बिचौलियाले खोक्रो बनाए ।’ किसानले मिहिनेत गरेर उत्पादन गरेको सागसब्जीमा समेत बिचौलियाकै आँखा लाग्ने हाम्रो मुलुकमा ठूला–ठूला सेटिङहरू … Continue reading शक्तिशाली गृहमन्त्री बादलका पुत्र प्रतीक नै ‘बिचौलिया’ धन्दामा

काँग्रेसमा मोर्चाबन्दी : सुजातापछि शशांकको घरमा देउवाविरोधीको बैठक

काठमाडौँ । आसन्न काँग्रेस केन्द्रीय समिति बैठकमा पार्टीको प्रस्तावित विधानबारे सभापति देउवा इतरका नेताहरुले चर्को विरोध गर्ने भएका छन् । त्यसका लागि उनीहरुले आन्तरिक छलफल र गुटगत भेलालाई तीव्रता दिँदै एकजुट हुने प्रयास गरेका छन् । विधानमाथि छलफल गर्न काँग्रेस केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ । मङ्गलबार र बुधबार लगातार बैठक बसेर उनीहरुले विधान, महासमिति र त्यसपछि हुने महाधिवेशनका बारेमा समेत लबिङ गरेका छन् । … Continue reading काँग्रेसमा मोर्चाबन्दी : सुजातापछि शशांकको घरमा देउवाविरोधीको बैठक